एक घर, एक धारा

ज्ञानमाण्डू।विराटनगर महानगरपालिकाले नगरवासीलाई खाने पानी उपलब्ध गराउन ‘एक घर–एक धारा’को व्यवस्था गर्ने भएको छ ।

विराटनगर महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल खाने पानी संस्थानसँग सहकार्यमा विभिन्न चरणका अध्ययन र अनुसन्धान गर्ने काम सम्पन्न गरेको छ । यसबाट आगामी केही वर्षभित्रै नगरवासीको एक घर–एक धाराको सपना पूरा हुने अपेक्षा गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीको सक्रियतामा विगतदेखि नै सो कामको शुरुआत गरिएको थियो । यसैक्रममा जाइकाले तयार गरेको प्रथम चरणको विस्तृत अध्ययन प्रतिवेदन र प्रगति प्रतिवेदन बुधवार यहाँ प्रस्तुत भएको छ । 

महानगर र जाइकाको परामर्शदाता याचियो इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडले संयुक्तरुपमा सो कार्य सम्पन्न गरिएको हो । जाइका मुख्य कार्यालयका प्रतिनिधि योसीआकी योकोता र हिरोसी कुवोता साथै परामर्शदाता प्रमुख कात्सुमी फुजीको नेतृत्वमा आएको चार सदस्य टोलीले विराटनगरमा आफ्नो कार्य सुरु गरेको छ ।

एक घर–एक धाराको अवधारणासहित नगरवासीलाई स्वच्छ खाने पानी उपलब्ध गराउने आफ्नो सपना रहेको भन्दै प्रमुख पराजुलीले पूर्ण विश्वासका साथ कार्यमा जुटेको जानकारी दिए । विराटनगरमा विगत ६० वर्षभन्दा अगाडिका खानेपानीका पाइप जीर्ण अवस्थामा रहेका छन् । ती पाइपमा टुटफुट हुँदा कतिपय स्थानमा फोहर पानी पिउन नगरवासी बाध्य भएका छन् । फोहर पानीको कारण फैलिएको कमलपित्तका कारण विगतमा विराटनगरका १३ अकालमा ज्यान गुमाउनुपरेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले शुद्ध खाने पानी घरघरमा पुर्‍याउने योजनालाई सफल बनाउन द्रुतगतिमा काम थाल्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे  ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x