ESCORTS दशैं तिहार उपहार भरमार अफर

ज्ञानमाण्डू।नेपालका लागी ESCORTS Construction Equipment को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले ESCORTS मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ । सो अफर अन्तर्गत कुनै पनि ESCORTS मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको Home Appliance प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउने कुरा कम्पनीले जनाएको  छ ।

आइएमई अटोमोटिभ्स् ले यो अफर दशैं तिहार र छठ पर्वलाई लक्ष्ति गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहक महानुभावहरु लाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

ESCORTS Brand को पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्रि हुने गरेको कम्पनीले जनाएको छ ।

ESCORTS ले बिक्रि लाई मात्र नभइ बिक्रि पछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको कुरा कम्पनीले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x