छिम्केश्वरीमा सात हजार भक्तजनले दर्शन गरे

ज्ञानमाण्डू।तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा सोमबार सात हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । फागु पूर्णिमाको अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्ने गर्दछ । 

तनहुँ जिल्लाका अतिरिक्त गोरखा, लमजुङका भक्तजन छिम्केश्वरी पुगेका थिए । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिरमा पूजा अर्चना गरे मनले चिताएको पूरा हुने विश्वाससहित भक्तजन आउने गरेको छिम्केश्वरी पर्यटन विकास समितिका सचिव सन्तोष गुरुङले जानकारी दिए ।  

उनका अनुसार होलीको दिन मात्रै सात हजार भक्तजनले छिम्केश्वरी र बूढीमाईको दर्शन गरेका छन् । “मन्दिर दर्शनका लागि सोमबार बिहानदेखि नै भक्तजनको भीड लागेको थियो”, गुरुङले भने , “प्रत्येक वर्षको होलीमा यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।” 

समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा अहिले भक्तजनको आकर्षण बढ्दै गएको छ । हाल मन्दिरमा दैनिक २०/२५ जना भक्तजन आउने गरेको मन्दिरका पुजारी धनराज गुरुङले जानकारी दिए । 

एकादशी र औँशीबाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा बलि दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छ भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । 

आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जिपयात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धवलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्धहिमाल अवलोकन गर्न सकिन्छ । 

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि सुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पुर्‍याएका छन् । गाउँपालिकाले मन्दिर पुनः निर्माणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनः निर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । 

निर्माण सामग्री आई नपुगेकाले हाल मन्दिरको निर्माण रोकिएको छ । मन्दिरमा हालिने झ्याल ढोका बनाउन भक्तपुरका कालीगढलाई जिम्मा दिइएको छ । “झ्याल ढोका तयार भएर आउने बित्तिकै मन्दिरको निर्माण फेरि सुरु भइहाल्छ”, उनको भनाइ छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x