एनएमबि बैंककाे एनएमबि सापटी योजना सञ्चालनमा

ज्ञानमाण्डू। एनएमबि बैंकले एनएमबि सापटी योजना सेवा सुरु गरेको छ । यो योजना आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा हाे । जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल बिना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । उक्त सेवा बैंकसम्म नधाई मोवाइलको प्रयोग बाट नै प्राप्त गर्न सकिन्छ ।

यो योजना ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो। एनएमबिमा तलव खाता भएका कर्मचारीहरुलाई १ लाख रुपैयाँसम्म २४ सै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

NMB Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x