प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड हस्तान्तर

ज्ञानमाण्डू।प्रभु बैंक लि. ले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरेको जानकारी दिएको छ । फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक श्री रेवती प्रसाद नेपालज्यूले क्यू आर कोड हस्तान्तर गर्नुभएको बैंकले उल्लेख गरेको छ ।


यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्ने बैंकले जानकारी दिएको छ । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको व्यहोरा प्रभु बैंक लि. ले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x