अपि पावरको २९% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

api power company

ज्ञानमाण्डू। हकप्रद निष्काशन प्रयोजनका लागि बैशाख २९ गते बुक क्लोज गर्ने तयारिमा रहेको अपि पावर कम्पनी लिमिटेडको २९% हकप्रद सुरक्षित गर्ने आज बैशाख २९ गते मङ्गलबार अन्तिम दिन रहेको छ ।

यस अनुसार, आजका दिन सम्म शेयारधनी बनेका लगानिकर्ताहरुले अपि पावर कम्पनी लिमिटेडले १ : ०.२९३८ अनुपातमा निष्काशन गर्न लागेको हकप्रद शेयरकालागि आवेदन दिन योग्य हुनेछन् ।

अपि पावर कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x