स्वस्तिक लघुवित्तको नाफा १ करोड ६२ लाख

Swastik Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ११.९५ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ कराेड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ कराेड ६२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वस्तिक लघुवित्तले ६९ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वस्तिक लघुवित्तले ४७ करोड २२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३ करोड ७१ लाख रुपैयाँ रहेको छ।

स्वस्तिक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेर ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.१३ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x