ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइन बाटै | Global IME Bank

global ime bank

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ ।

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन ।

यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन सदैव तत्पर रहिआएको कुरा बैंकले जनाएको छ ।

बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x