स्टयाण्डर्ड चार्टर्ड बैङ्कको नाफा २ अर्ब २६ कराेड, वितरण याेग्य मुनाफा कति ?

Standard Chartered

ज्ञानमाण्डू। स्टयाण्डर्ड चार्टर्ड बैङ्कको नाफा ६२.५८ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३९ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब २६ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ भने वितरण याेग्य मुनाफा १ अर्ब ५९ कराेड रुपैयाँ रहेकाे छ । 

९ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको स्टयाण्डर्ड चार्टर्ड बैङ्कले ९३ अर्ब ७२ कराेड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १७ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ७६ करोड रुपैयाँ र संचित मुनाफा २ अर्ब ९१ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४४.७८ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.५९ प्रतिशत र प्रतिशेयर आम्दानी २४ रुपैयाँ ०७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ र पछिल्लाे काराेबार मूल्य रू ४१५ काे आधारमा मूल्य आम्दानी अनुपात १७.२४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x