कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?

ज्ञानमाण्डू।ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । महर्जनले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गरे । “खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ । बजारमा खोज्न गएँ न मास्क छ न त स्यानिटाइजर । यो त केवल प्रचार मात्र हो कि भन्ने आभास भइरहेको छ”, महर्जनको  भनाइ छ ।

महानगरपालिका वडा नं १६ निवासी राकेश चित्रकारले पनि बेलाबेलामा खुद्रा पसलमा गई स्यानिटाइजर र मास्क खोज्दा पाउन नसकेको दुखेसो गरे । चित्रकारले भने , “प्रचारै ठुलो कुरा रहेछ, बजारमा यी वस्तु पाइन्छ भनेर खोज्दा पाउन सकिएको छैन । टोलटोलमा जनताले पाएको दुःख कसले पो देखेको छ र ? घरमा बालबच्चा छन् । जति खेर पायो त्यति खेर कोठा बाहिर निस्केर आँगनमा खेल्न पुगिहाल्छन् । यदि साबुपनीको साथमा उनीहरूलाई स्यानिटाइनर प्रयोग गरिदिन पाए कोभिड–१९को त्रास हट्ने थियो ।” उनले भने , “चाहिएको समयमा मास्क र स्यानिटाइजरको अभाव भएसँगै लकडाउन खुलेपछि कि त आफैले बनाउने वा कि खोज्न जाने हुँदा महानगरसँगै भर पर्नु पर्दैन । स्थानीय उत्पादन तीनपाने रक्सीलगायतका कच्चा पदार्थ मिलाएर महानगरपालिकाले स्यानिटाइजर बनाउन सुरु गर्दा पनि पाउन नसक्नु दुर्भाग्यको कुरा भएको छ ।” 

महानगरको वडा नं २१ निवासी ज्ञानलक्ष्मी महर्जनले बजारमा स्यानिटाइजरको अभाव भएको सुनेर दैनिक स्प्रिट र साबुपानी प्रयोग गर्ने गरेको बताए । उनले भने, “बजारमा न त मास्क छ न त स्यानिटाइजर नै । हामीहरू घरबाट बाहिर खाद्यान्न किन्न निस्कँदा कसरी सङ्क्रमणबाट जोगिने होला । महानगरपालिकाले मास्क र स्यानिटाइजर बनाएर वितरण गर्ने कुरा टेलिभिजनबाट सुन्दा मुलुक विकासको गतिमा लम्कियो भन्ने खुसी लागेको थियो । यो त प्रचारजस्तो मात्र लागिरहेको छ ।” देशमा कोरोनाको सङ्क्रमण बढिरहँदा यस्ता सानातिना चिजको अभाव हुनु गम्भीरे विषय भएको महर्जनको भनाइ थियो । 

महानगरपालिकाले गत फागुन २६ गतेदेखि २९ गतेसम्म हरेक वडाका दुई गरी ६० महिलालाई मास्क बनाउने तालिम दिएता पनि बजारमा मास्कको माग पूर्ति हुन सकेको देखिँदैन । महानगरपालिकाले मास्कको अलवा यहाँका नागरिकलाई १० जनाको दरले छ दिनसम्म ६० लाई स्यानिटाइजर बनाउने तालिमसमेत दियो, तर हाल यसको सेवाग्राहीले परिणाम प्राप्त गरेका छैनन् । 

महानगरपालिको समाज कल्याण महाशाखाले केही दिन पहिला बनाइएको लगभग ५०० लिटर स्यानिटाइजर प्रत्येक वडाका केही स्थान र महानगरपालिकामा प्रयोग गरिरहेको सामाजिक विकास समिति संयोजक दिनेश कार्कीले बताए । उनले भन्नुभयो, “मास्क र स्यानिटाइजर उत्पादन गर्ने त भन्यौ , तर यसमा प्रयोग हुने सामग्री लकडाउनका कारण लिन जान पाएका छैनौँ । यी सामग्री अभावका कारण आफूहरुले अघि बढाएको योजना सशक्तरूपमा कार्यान्वयन हुन नसकेको कार्की स्वीकार गरे । 

महानगरपालिकाले पाँच–पाँच लिटर स्यानिटाइजर प्रत्येक वडामा पठायो तर सर्वसाधारणले भने घरघरबाट यसको सेवा लिन पाएका छैनन् । “हामीले बनाएको स्यानिटाइजर र मास्क प्रत्येक वडाका व्यक्तिलाई दिन नसकेकामा लज्जित भइरहेका छौँ ।” महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवले भने मास्क र स्यानिटाइजर प्रयोग गरिरहेका कार्कीको भनाइ छ । 

स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीले लगाउने पोशाक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपीइ) र थर्मोमिटर गनको समेत अभाव भइरहेको जनाइएको छ । महानगरपालिकाले १०० एमएल स्यानिटाइजरको रु १५० लिने घोषणा गरिरहँदा यहाँ कच्चा सामग्री नै अभाव भइरहेको बताइएको छ । लकडाउन खुलेसँगै सामग्री ल्याएर महानगरवासीको आवश्यकता पूर्ति गरिने कार्कीले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x