जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज चाैँथाे वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले यही जेठ ३१ गते (आज) चाैँथाे वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा अमृतभाेग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/०७९ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले तोक्ने छ।

अन्य प्रस्तावमा कम्पनीले बीमा समितिको स्वीकृतिलिई चुक्ता पुजीँकाे ३० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको विषयलाई पनि दर्साउने छ। निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने र कम्पनीको प्रबन्धपत्रमा सोही बमोजिमको संशोधन गर्ने र संशोधन गरिएकोमा नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही निर्देशन बमोजिमको संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

सोही सभामा सञ्चालक समितिबाट नियुक्त गरिएको सञ्चालकको नाम पनि अनुमोदन गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेठ १९ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा जेठ १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x