२० रुपैयाँ ८९ पैसा प्रतिशेयर आम्दानी रहेकाे ज्याेति विकास बैंकले १५ प्रतिशत लाभांश दिन सक्ने

jyoti bikas bank

ज्ञानमाण्डू। ज्याेति विकास बैंकको नाफा ३८.१९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा बैङ्कले ४३ करोड ६० लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैंकले ६० कराेड २५ लाख १३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब ८४ करोड ४८ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ज्याेति विकास बैंकले ४५ अर्ब ३१ करोड ९९ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५३ करोड ९२ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८५ करोड २१ लाख ४६ हजार रुपैयाँ र संचित मुनाफा ४३ कराेड ६९ लाख ८६ हजार रूपैयाँ रहेको छ । 


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.३३ प्रतिशतले घटेर १ अर्ब १ करोड ८९ लाख ६३ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ४३ कराेड ३१ लाख ४० हजार रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा सिभिल बैंकले आफ्ना शेयरधनिहरूलाई १५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ। 

बैंककाे निष्कृय कर्जा अनुपात ०.५८ प्रतिशत, प्रतिशेयर आम्दानी २० रुपैयाँ ८९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात १२.७३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x