NIC ASIA Remit / Legal Remit बीच सम्झौता

ज्ञानमाण्डू।एन आई सी एसिया बैङ्क लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबिच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात् अस्ट्रेलियामा बसोबास गरी रहेका नेपालीहरूले Legal Remit बाट रकम पठाएर यस बैङ्कको NIC Asia Remit मार्फत तुरुन्त रकम भुक्तानी लिन सकिनेछ । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैङ्कको खातामा समेत पठाउन सकिनेछ। Legal Remit मार्फत अस्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले यस बैङ्कको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैङ्किङ इकाईहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिने बैङ्कले जनाएको छ।

बैङ्कलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैङ्कका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साह प्रद रहेका छन् । उत्तरदायी बैङ्किङको अभ्यास गर्दै आएको यस बैङ्कले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला,सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x