सहकारीलाई समृद्धिसँग जोड्नुपर्छ

ज्ञानमाण्डू।तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना दिवस तथा नवनिर्मित भवनको बुधवार उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताएकी छिन्। उनले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्था लाग्नुपर्ने कुरामा जोड दिएकी छिन् । राजनीतिक परिवर्तनको आन्दोलन सकिएर मुलुक समृद्धिको बाटोतर्फ हिँडिरहेको चर्चा गर्दै मन्त्री अर्यालले भनेकी छिन् ,“अबको बाटो समाजवादोन्मुख हुनुपर्छ, समाजवादमा पुग्नका लागि आर्थिक क्रियाकलाप बढाउनुपर्छ ।” 

सहकारीलाई गुणात्मक विकास, सुशासन कायम गर्न नीति, कानुन निर्माण गरिएको भन्दै उनले सहकारीलाई पारदर्शी बनाउनुपर्ने धारणा व्यक्त गरिन् । सांसद केदार सिग्देलले राजनीतिक आन्दोलन सकिएकाले अबको आन्दोलन समृद्धिको हुनुपर्नेमा जोड दिए । त्यस्तै, सांसद कृष्णकुमार श्रेष्ठले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने देवकुमार श्रेष्ठ, हरिसिंह गुरुङ, विश्वबन्धु भण्डारी, सुकनारायण मल्ल, रामलीला सुवर्णकार र विकल्प ढुङ्गाना सम्मान गरिएको थियो । 

सोही अवसरमा मन्त्री अर्यालले सहकारीले रु ७८ लाख ६२ हजारको लागतमा निर्माण गरेको भवनसमेत उद्घाटन गरेकी छिन् । विसं २०६३ मा ३२ सदस्यबाट स्थापना भएको सहकारीमा हाल दुई हजार २६५ शेयर सदस्य आबद्ध छन् । रु छ करोड ७२ लाख ७७ हजार शेयर पुँजी रहेको सहकारीले रु १८ करोडभन्दा बढीको कारोबार गरेको सहकारीका अध्यक्ष प्रदीप अधिकारीले जानकारी दिए । सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, व्यास नमुना खातालगायतका सेवा प्रवाह गर्दै आइरहेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x