सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?




ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ८ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार भदाै ७ गतेका दिन, छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


बुधबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x