नबिल बैंकद्धारा कनकाई नगरपालिकामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न



ज्ञानमाण्डू। नबिल बैंकले कनकाई नगरपालिकामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता थियो । दिगो बैंकिङलाई प्रबद्र्धन गर्न गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथी कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको बिस्तार र विकासमा वित्तिय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रबद्र्धन गर्न थप हौसला दिएको बताएका छन् ।


कार्यक्रममा सम्बोधन गर्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशिलता प्रबर्धन गर्न वित्तिय क्षेत्रको विशेष भुमिका रहने जानकारी गराएका छन् । विशेषतः स्थानीय क्षेत्रको कृषि प्रबद्र्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र QR कोडले व्यवसायमा पुर्याउने योगदानका विषयमा प्रष्ट पारेका छन् । 


नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिला प्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामहरुको बारेमा प्रस्तुति दिनुका साथै कृषि कर्जा, महिला तथा युवा उद्यमशिल कर्जाका बारेमा जानकारी दिएका छन् ।
नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको बैंकले जनाएकाे छ । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरिसकेको र दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको बैंकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x