ग्लोबल आइएमई बैङ्क द्वारा १०० घर धुरीलाई न्यानो कपडा वितरण

https://scontent.fktm7-1.fna.fbcdn.net/v/t1.15752-9/p1080x2048/146864962_456957915314461_3489309208020233723_n.jpg?_nc_cat=100&ccb=2&_nc_sid=ae9488&_nc_ohc=1QeInZN4kkIAX9BdNdG&_nc_ht=scontent.fktm7-1.fna&tp=6&oh=091e4e9fe05d6f103adcdde6c2bc7672&oe=60444F0E

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्कको आफ्नो स्थापनाको १४ औ वार्षिक उत्सवको अवसर पारेर संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैङ्क चारआलि शाखाको आयोजनामा आज बैङ्ककै प्राङ्गणमा मेचीनगर १२, १३ र १४ का असहाय तथा निम्न आर्थिक अवस्था भएका ज्येष्ठ नागरिकहरूलाई बल्यांकेट वितरण कार्य सम्पन्न भएको छ।

 No description available.

चारआलि शाखाको अपरेसन इन्चार्ज सन्तोष न्यौपानेद्वारा सञ्चालित कार्यक्रम शाखाकै शाखा प्रबन्धक सुरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको थियो उक्त कार्यक्रममा एलिजा पौडेल ले स्वागत गर्नुका साथै राजु धिमालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भयो कार्यक्रमको प्रमुख अतिथिमा ग्लोबल आइएमई बैङ्क १ नम्बर प्रदेश प्रमुख सुभाष सापकोटा, विशिष्ट अतिथि नयाँ श्रीनाथ गणका गणपति अमर जङ्ग थापा त्यस्तै विशेष अतिथिमा वडा नम्बर १२, १३ र १४ का वडा अध्यक्षहरू ग्लोबल आइएमई बैङ्क प्रादेशिक कार्यालय बाट निश्चल अधिकारी बिर्तामोड शाखा प्रबन्धक पवन कुमार पौड्याल धुलाबारी शाखा प्रबन्धक सञ्जीव कोइराला लगायतको उपस्थिति रहेको कार्यक्रममा विभिन्न बैङ्क तथा फाइनान्स सङ्घ सत्ताका शाखा प्रबन्धक विभिन्न सहकारी का व्यवस्थापक तथा विभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधि साथै प्रहरी चौकी इन्चार्ज , ट्राफिक इन्चार्ज लगायतको उपस्थिति रहेको थियो। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा धेरै प्रकारका सामाजिक कार्यहरू गर्दै आएको र भोलिका दिनमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिइरहने कुराको जानकारी प्रमुख अतिथि सापकोटा दिनुभयो।

 No description available.

उक्त कार्यक्रममा मेचीनगर १३ का वडा अध्यक्ष कृष्ण सिग्देल, लायन्स क्लब अफ धाइजन चारआलि का अध्यक्ष हरि प्रसाद घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रमका सभापति सुरेश कुमार श्रेष्ठले कार्यक्रम समापन गर्ने क्रममा विभिन्न संघ संस्था लायन्स चाराअली जेसिज सङ हातेमालो गर्दै विगतका दिनहरू झैँ सामाजिक कार्यका लागि ग्लोबल आइएमई बैङ्क सदैव तत्पर रहेको जानकार गराउनु भयो। `सबै का लागि बैङ्क´ भन्ने लक्ष्यका साथ अघि बढी रहेको देशकै ठुलो `क´ श्रेणी को बैङ्क ग्लोबल आइएमई बैङ्कको हाल सम्म २६८ शाखा ४७ एक्सटेन्सन काउन्टर २४५ शाखा रहित बैङ्किङ सेवा २४०एटिएम र ३ वटा देशमा सम्पर्क कार्यालय रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x