धितोपत्र बजारः नेप्सेमा झिनो गिरावट

ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ । 

आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयरमात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमाको शेयर ९७.१९ अंकले वृद्धि भएको छ । यस्तै वित्त ९०.९५, होटल १६.१६ र व्यापार उपसमूहको शेयर १६.३ अंकले बढेको छ । 

स्टकका अनुसार आज सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ३२.८७ अंकले ओरालो लागेको छ । यस्तै उत्पादन १२.४५, बैंकिङ ७.९६, जलविद्युत् ७.१३, विकास बैंक ५.२३, वित्त २.२२, अन्य १.९९ र सामूहिक लगानी कोषको शेयर ०.१४ अंकले घटेको छ । 

कारोबार रकमका आधारमा नेडेप लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड ३८ लाख ७६ हजार ३७३ मा खरिदबिक्री भयो । यस्तै शिखर इन्स्योरेन्सको रु ६ करोड २२ लाख ३९ हजार १९९, छिमेकी लघुवित्त विकास बैंकको रु ५ करोड ६५ लाख ४३ हजार २६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४ करोड ९० लाख ७४ हजार ७९ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर रु ४ करोड ३० लाख ८० हजार ७४९ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो । 

आज सबैभन्दा बढी नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । यसैगरी नेरुडे लघुवित्त विकास बैंक ९.१५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८.६६, गुराँस लघुवित्त वित्तीय संस्था ८.३६, आरएमडिसी लघुवित्त वित्तीय संस्था ८.३२, आइएमई जनरल इन्स्योरेन्स ८.०६ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.७९ प्रतिशतले कमाए ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ५.५० प्रतिशतले गुमाउँदा नेपाल हाइड्रो डेभलपर्स ४.५८, सांग्रिला डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर कम्पनी र समृद्धि फाइनान्स कम्पनीका शेयरधनीले समान ३.७० प्रतिशतले गुमाए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x