साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत लाभांश वितरण गर्ने

ज्ञानमाण्डू।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको मिति २०७७ साल चैत्र २३ गते, सोमवारका दिन अपरान्ह ४ वजे बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा २० प्रतिशतले हुन आउने बोनस शेयर एवं ५ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको छ ।

कर्पोरेशनको सञ्चालक समितिको बैठकले आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम वरावरको बोनस शेयर तथा ५ प्रतिशतले हुन आउने रकम ( प्रस्तावित वोनस शेयर एवं नगद लाभांसमा लाग्ने कर समेत ) वरावरको नगद लाभांस समेत गरी कुल २५ प्रतिशतले हुन आउने लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको हो । गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २५ प्रतिशतले हुन आउने बोनस शेयर तथा  १० प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गरेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x