नेपाल एसबिआई बैंककाे खुद व्याज आम्दानी ४ अर्ब ७४ करोड रुपैयाँ

ज्ञानमाण्डू।नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७५/७६ को चौंथो त्रैमासाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा १४ प्रतिशतले बढोत्तरी गरी  २ अर्ब ३० करोड रुपैयाँ पुर्याउन सफल भएकाे छ। गत वर्ष  बैंकले २ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेकाे थियाे ।


बैंकले आ.व. (२०७४/७५) तुलनामा खुद व्याज आम्दानीमा १४ प्रतिशतले बृद्धि  गरी आ.व. (२०७५/७६)मा ४ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 

बैंकले  आ.व. (२०७५/७६)मा ९७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३0 करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दनी २ रुपैयाँ ११ पैसाले बढेर २७ रुपैयाँ २६ पैसा पुगेको छ, प्रतिसेयर नेटवर्थ १ सय ६७ रुपैयाँ ८९ पैसा छ भने मुल्य आम्दानी अनुपात १७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x