सुनको मूल्यमा सात सय रुपैयाँको वृद्धि, चाँदी तोलाको कति ?

 


ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेष्ठ २३ गते, आईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार जेष्ठ २१ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।



सोमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्यमा सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x