लैङ्गिक हिंसा अन्त गर्न सचेतनामूलक अभियान आवश्यक

ज्ञानमाण्डू।मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताएका छन् । सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा अन्तका लागि सभा गोष्ठीभन्दा सतहमा गएर काम गर्नुपर्ने बताए ।

लैङ्गिक हिंसाको मुख्य कारक नै अशिक्षा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले आयोजक संस्थालाई सचेतनामूलक कार्यक्रमका साथै शिक्षामा समेत लगानी गर्न सुझाव दिए । सामाजिक कुरीति जकडिएको हाम्रो समाजमा लैङ्गिक हिंसाबाट जोगाउन शिक्षा एक मात्र अस्त्र रहेको उनको कथन थियो ।

प्रदेश सरकारले लैङ्गिक हिंसा अन्तका लागि छोरीले सानैदेखि बलियो बनाउँदै लैजाने योजनाअनुरुप ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका साथै, सरकारी सेवामा ५० प्रतिशत आरक्षणको ग्यारेन्टी गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रहरी सेवामा महिलाको उपस्थिति लैङ्गिक हिंसा अन्तमा कोशेढुङ्गा साबित हुने विश्वाससमेत व्यक्त गरे ।

सहज परियोजनाका देशीय निर्देशक जय शङ्कर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटनसत्रमा मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रदेश सरकारले चालेको कदमबारे जानकारी गराएका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x