भुक्तानी सेवाप्रदायक माथि राष्ट्र बैङ्कको कडाइ, महिना सकिएको ७ दिनभित्र विवरण पेस गर्नुपर्ने


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले महिना सकिएको ७ दिनभित्र राष्ट्र बैङ्क समक्ष सम्पूर्ण विवरणहरू पेश गर्नुपर्ने निर्देशन केन्द्रीय बैङ्कले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८, अ.प्रा. निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरूलाई सोही अनुरूप गर्न गराउन निर्देशिका जारी गरेको हो । यसअघि महिना दिन भित्र विवरण बुझाए हुने व्यवस्था रहेकोमा थप कडाइ गर्दै सम्बन्धित संस्थाहरूले अब उप्रान्त मासिक रूपमा महिना अन्त्य भएको ७ दिनको समय सीमाभित्र विवरण बुझाउनुपर्ने निर्देशन केन्द्रीय बैङ्कले दिएको हो ।

त्यसै गरी, अबका दिनमा बैङ्क तथा वित्तीय संस्थाहरूले शाखारहित बैङ्किङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको सम्पूर्ण विवरण सञ्चालन भएको मितिदेखि ७ दिन भित्र राष्ट्र बैङ्क समक्ष पेश गर्नुपर्नेछ । यसै गरी शाखा रहित बैङ्किङ केन्द्रमा रहेका ग्राहक तथा विद्युतीय कार्डको विवरण, ई–बैंकिङ्ग कारोबार सम्बन्धी विवरण , भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैङ्कमा रहेको खाताको हिसाब मिलान विवरण, भुक्तानी सेवा प्रदायकको ग्राहक सम्बन्धी विवरण, भुक्तानी प्रणाली सञ्चालकको कारोबार सम्बन्धी विवरण र भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्बन्धी कारोबार विवरण महिना सकिएको ७ दिन भित्र राष्ट्र बैङ्कलाई विवरण बुझाउनु पर्नेछ ।

यसका साथै, राष्ट्र बैङ्कको नयाँ निर्देशन अनुसार ग्राहकको क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण र क्लियरिङ्ग हाउसबाट भएको कारोबार विवरण लगायतको भुक्तानी कारोबारको सम्पूर्ण विवरण महिना सकिएको ७ दिनको समय सीमाभित्र राष्ट्र बैङ्क समक्ष पेश गर्नुपर्नेछ ।

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८, अ.प्रा. निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्थामा गरिएको संशोधनको पूर्ण पाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x