विश्व बजारमा इकमर्स साइटहरूको सङ्ख्यामा व्यापक वृद्धि, सेवा लिनेकाे संख्या कति?

ज्ञानमाण्डू। इ-कमर्स आधुनिक अर्थतन्त्रको अभिन्न अङ्ग हो। केही दशक यता यसले किनमेल र व्यापार गर्ने तरिकामा आमूल परिवर्तन ल्याएको छ। ई-कमर्स मूलतः इलेकट्रोनिक कमर्सको छोटो रूप हो। यसलाई इलेकट्रोनिक कमर्स वा इन्टरनेट कमर्स भनेर पनि चिनिन्छ। ई-कमर्सलाई सञ्चालन हुन इन्टरनेटको आवश्यकता पर्दछ। खासमा इलेकट्रोनिक डिभाइसबाट इन्टरनेट मार्फत खरिद वा बिक्री गर्ने र सो कारोबारबाट माग गरेको सेवा वा सामान सेवाग्राही समक्ष पुराउनका निमित्त आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्ने माध्यम भनेकै ई-वाणिज्य हो।

अहिले ई-कमर्स विश्वव्यापी अर्थतन्त्रमा सबै भन्दा द्रुत गतिमा वृद्धि हुने उद्योगहरू मध्येको एक हो। एक अनुसन्धान अनुसार इ-कमर्स प्रति वर्ष २३ प्रतिशतको हिसाबले वृद्धि भइरहेको छ ।सम्पूर्ण विश्वमा २६ मिलियन भन्दा बढी इ-कमर्स साइटहरू छन्, र प्रत्येक दिन थप सिर्जना भइरहेका पनि छन्। सन् २०२१ देखि २०२२ मा विश्व व्यापी रूपमा इ-कमर्स हरूको वृद्धि अति नै द्रुत गतिमा भएको कुरा सो अनुसन्धानमा उल्लेख गरिएको छ किनकि कोभिड-१९ महामारीको कारण सन् २०२१ मा मात्र विश्वमा इ-कमर्स साइटहरूको सङ्ख्या २०४ प्रतिशतले वृद्धि हुँदै दोब्बर भएको देखिन्छ ।

सन् २०२१ मा खुद्रा (B2C) इ-कमर्स बिक्री विश्वव्यापी रूपमा लगभग ४ दशमलव ९ ट्रिलियन अमेरिकी डलर बराबर भएको थियो। यसको आधारमा सन् २०२५ सम्ममा यस्तो बिक्री ५० प्रतिशतले बढेर ७ दशमलव ४ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। सन् २०२१ मा २ दशमलव १४ बिलियन डिजिटल सेवाग्राही थिए जुन विश्वका कुल ७.७४ बिलियन मानिसहरू मध्येको २७ दशमलव ६ प्रतिशत हिस्सा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x