धितोपत्र बजारमा ४९.१९अंकको वृद्धि, नेप्से परिसूचक २८३४.१३ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४९ दशमलव १९ अंकले बढेर २८३४ दशमलव १३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ३४ अंकले बढेर ५२८ दशमलव ८७ को विन्दुमा पुगेको छ ।
आज कूल २३२ कम्पनीका १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर रु ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये एक उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ उपसमूह ३ दशमलव ६४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ४० दशमलव २९ अङ्कले, होटल तथा पर्यटन उपसमूह १०७.३४ अङ्कले, विकास बैंक उपसमूह १७१.२५ अङ्कले, जलविद्युत उपसमूह ६५.८८ अङ्कले, वित्त उपसमूह १४९.७३ अङ्कले, निर्जीवन बीमा ३३६.२९ अङ्कले, अन्य उपसमूह २७.८३ अङ्कले, लघुवित्त उपसमूह २०६.७५ अङ्कले, जीवन बीमा उपसमूह ५९७.७१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह १ दशमलव ९३ अङ्कले बढेको छ। यता, उत्पादन उपसमूह ३१.२३ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x