पञ्चकोटमा शान्ति कलश निर्माणले गति लियो

ज्ञानमाण्डू।आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गरेको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणलाई निरन्तरता दिइएको छ । 

तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विसं २०७१ मा शान्ति कलशको शिलान्यास गरेका थिए । विविध कारणले भौतिक पूर्वाधारको काम रोकिएको थियो । शनिवार पञ्चकोटमा पाँचौँ बृहत् श्री सभाका अवसरमा भूमि पूजन गरी विधिवतरूपमा कलश निर्माण शुरुआत गरिएको पञ्चकोट विकास समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्य जानकारी दिए । उनी स्वामी कमलनयनाचार्यका उत्तराधिकारी हुन् । 

उनका अनुसार रु ३२ करोडको लागतमा तामा र फलामबाट निर्माण कलश निर्माण हुँदै छ । कलश निर्माणको जिम्मा सनलाइट निर्माण कम्पनी काठमाडौँले लिएको छ । सबै क्षेत्रबाट पर्याप्त रकम जुटेमा आगामी साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

आकर्षक कलशसँगै पञ्चकोटमा अन्य विभिन्न धार्मिक संरचना पनि निर्माण भइरहेका छन् । करिब १०० रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग, गण्डकी माताको मन्दिर र गरुढ शिला, सिसमहल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुना घर, सभा भवन निर्माण पुरा भएको छ । पाँच हजार ५५५ केजीको महा घण्टाका लागि आवश्यक संरचना तयार छ । पञ्चकोटमा सम्पूर्ण संरचनाको निर्माण पूरा हुँदा रु दुई अर्व खर्च लाग्ने अनुमान छ । पञ्चकोटसँगै कारिकोट, माझकोट, रायरायकोट र संसारकोटमा विभिन्न संरचनाको निर्माण थालिएको छ । बागलुङ नगरपालिका—५ मालिका र पर्वतको जलजला गाउँपालिका धाइरिङमा गौशाला पनि निर्माण गरिएको छ । हालसम्म पञ्चकोटमा २५ करोड बढीको संरचना निर्माण भइसकेको छ । पञ्चकोटबाट गुर्जा, धवलागिरि, अन्नपूर्णलगायत आधा दर्जन हिमशृङखला देख्न सकिन्छ । यहाँबाट काली गण्डकी नदीसँगै बागलुङ बजारको मनोरम दृश्यावलोकन समेत गर्न सकिन्छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x