प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

ज्ञानमाण्डू।नेपाल प्रहरीले जिल्लामा सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । 

प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरूक भएका दिपायल पिपल्लाका तेजबहादुर डुम्रेलले जनाए । प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक सङ्घ/संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी उक्त अभियान जिल्लाभरि सुरु गरिरहेको छ । 

उक्त अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए । 

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि राजमार्गमा हुने दुर्घटना नियन्त्रण गर्न विशेष गरी लामो दुरीका सवारी चालकलाई प्रशिक्षण तथा स्वास्थ्य जाँचका कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अशोक खड्काले जनाए । विशेष गरी प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहु विवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेकाले कार्यक्रम प्रभावकारी बन्दै गएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उल्लेख गरे । 

“समुदाय तथा स्थानीय तहसँग मिलेर प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी कार्यक्रम राम्रो र फलदायी भएको छ, समाजमा हुने घरेलु हिंसा, बालविवाह, बहु विवाह, यौन हिंसाजस्ता घटनामा कमी आएको महसुस गरेका छौँ,”-उनको भनी रह्यो। प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्ला स्तरीय दुई र सात वटै स्थानीय तह तथा विभिन्न वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ । 

यहाँका किशोरीलाई यौन हिंसाबाट स्वयं जोगिन र सक्षम बनाउन किशोरी आत्मरक्षा तालीम पनि प्रहरीले सञ्चालन गर्ने भएको छ । समुदायलाई लक्षित गरी बालविवाह, दाइजो, छाउपडी प्रथाजस्ता सामाजिक अपराधसम्बन्धी घटना रोक्न प्रहरीले गाउँ गाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालनसमेत गरिरहेको छ । 

विद्यार्थीलाई लक्षित गरी लागु औषध, सडक सुरक्षा, साइबर अपराधको विषयमा जिल्लाका २७ स्थानमा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरी सचेतना जगाइएको छ । सोअन्तर्गत आठ विद्यालय सम्पर्क समिति गठन भएका छन् भने आधारभूत सुरक्षासम्बन्धी विद्यालय सम्पर्क कार्यक्रम पनि दुई वटा सम्पन्न भएका छन् । प्रहरी गतिविधिका बारेमा विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयको भ्रमण गराई जानकारी गराउन थालिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x