मेगा बैङ्क नेपालको नाफामा २१.७८ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी पनि बढ्यो

mega bank

ज्ञानमाण्डू। हाल नेपाल इन्भेष्टमेण्ट बैङ्कसँग मर्जर प्रक्रियामा रहेको मेगा बैङ्क नेपालको नाफा २१.७८ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मेगा बैङ्कले १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ५ अर्ब १ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.०४ प्रतिशतले बढेर ५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । 

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.७४ प्रतिशत र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ५२ पैसा छ र मूल्य आम्दानी अनुपात १२.८७ गुणा रहेकाे छ ।

गत जेष्ठ २७ गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता अनुसार नेपाल इन्भेष्टमेण्ट बैङ्क र मेगा बैङ्क नेपाल सय बराबर नब्बेको शेयर आदानप्रदान अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जर पछि बैङ्कको नाम “ नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेड” रहने र दुवै बैङ्क एक भएपछि बैङ्कको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड कायम हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x