एकैपटक तीन महिनालाई औषधि

ज्ञानमाण्डू।भरतपुर अस्पतालले नियमित औषधि सेवन गर्नुपर्ने बिरामिलाई एकै पटकमा तीन महिनाको औषधि दिन सुरु गरेको छ । स्वास्थ्य बिमा गरेर अस्पताललाई पहिलो बिन्दु छानेका बिरामीको सुविधालाई ध्यानमा दिई सो व्यवस्था शुरुआत गरेको हो । 

यसअघि एक पटकमा एक महिनाका लागि मात्र औषधि दिने गरिएको थियो । मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले बिरामीका लागि सहजहोस् भन्ने उद्देश्यले तीन महिनाको औषधि एकै पटक दिन सुरु गरिएको जानकारी दिए । मधुमेह, उच्च रक्तचाप, दम, हाड जोर्नी, कोलेस्ट्रोल, थाइराइडजस्ता समस्या भएका बिरामीलाई औषधि दिन सुरु गरिएको छ । 

नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बाहेकलाई यसबाट सहज हुने जनाइएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवन र छिमेकी जिल्लाका सर्वसाधारणले जीवन बिमा गर्दा पहिलो बिन्दु भरतपुर अस्पताललाई रोजेका छन् । 

छिमेकी तनहुँ जिल्लामा विपन्न वर्ग तोकिएको छ । उनीहरूलाई सरकारले बिमा गरिदिएको छ । त्यस्ता विपन्न वर्गको सुविधा लिने धेरैले भरतपुर अस्पताललाई पहिलो बिन्दु तोकेको उनले जानकारी दिए । 

भरतपुर अस्पतालमा दैनिक सरदर एक हजार ३०० बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन् । तीमध्ये आधा बिमाका हुने गर्दछन् । बिमामा आउनेमध्ये ५० प्रतिशत हाराहारी नियमित औषधि सेवन गर्ने गरेको अस्पतालले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x