नेप्से १३४४.५९ अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से १.३९ अङ्कले घटेर १३४४.५९ पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४ मा रोकिएको छ ।स्टकका अनुसार कूल १७२ कमपनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भयो ।


कारोवार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड ४६ लाख ६४१ मा खरिदबिक्री भयो । शिवम् सिमेन्टको रु नौ करोड ७५ लाख ३४ हजार ३८८, एसियन लाइफ इन्स्योरेन्सको रु छ करोड ५१ लख ८२ हजार ७७६, नागरिक लगानी कोषको रु ५ करोड ८२ लाख ४८ हजार २७६, एनआइसी एसियाको रु पाँच करोड एक लाख ३६ हजार ३४८ र नेपाल इस्योरेन्स कम्पनीको शेयर रु चार करोड ८८ लाख ५२९ मा खरिदबिक्री भयो ।

आज ट्रेडिङ उपसमूह २३.८९ अङ्कले, फाइनान्स उपसमूह ०.१८ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ५५.९२ अङ्कले, उत्पादन उपसमूह ३८.६६ अङ्कले, अन्य उपसमूह्र ०.२४ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २९.५४ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १०२.७४ अङ्कले बढेकाे छ भने बैकिंग उपसमूह ८.९४ अङ्कले, होटेल उपसमूह ३१.४३ अङ्कले, विकास बैंक उपसमूह ८.६२ अङ्कले, हाइड्रोपावर उपसमूह ३.४७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०५ अङ्कले घटेका छन् ।

परिसूचक घटेपनि हिमालयन डिष्टिलरीका शेयरधनीले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ८.९३, राधी विद्युत् कम्पनी ७.४८, एनएलजी इन्स्योरेन्स ६.४०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ५.६२ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५२ प्रतिशतले कमाए ।

नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा बढी ५.१० प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल ४.९२, कालिका पावर कम्पनी ४.६७, ग्रीन डेभलपमेन्ट बैंक ४.१६, लक्ष्मी इक्विटी फण्ड ३.७२, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ३.४४ प्रतिशतले गुमाए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x