सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक १४ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार कार्तिक १२ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अईतबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x