झन्डै ६ अर्बको आईपीओ निष्कासन गर्ने तयारीमा २० कम्पनी


ज्ञानमाण्डू। नेपाल धितोपत्र बोर्डले प्रकाशित गरेको आईपीओ पाइपलाइनको तथ्याङ्क स्थिति अनुसार हाल २० वटा कम्पनी कुल ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको जम्मा ५ करोड २३ लाख ५७ हजार ५ सय ५८ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा छन्। उक्त कम्पनीहरूले नियामक निकाय नेपाल धितो बोर्ड(सेबोन)मा निवेदन दिए लगत्तै आईपीओ निष्कासनको तयारीमा लागेका छन्।

२० कम्पनी मध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहका कम्पनी रहेका छन्। उक्त उपसमूहका कुल १२ वटा कम्पनीहरू आईपीओ निष्कासनको तयारीमा छन्। त्यस्तै, हाल आईपीओ निष्कासनको तयारीमा ४ वटा लघुवित्त उपसमूहका, २ वटा जीवन बिमा उपसमूहका र २ वटा अन्य उपसमूहका कम्पनीहरू रहेका छन्। 

हाल आईपीओ निष्कासनको तयारीमा लागेका २० वटा कम्पनी मध्ये सर्वाधिक आईपीओ निष्कासनको निवेदन ग्रीन भेञ्चर लिमिटेडले दिएको हो। उक्त कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

त्यसै गरी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि  कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेस गरेको हो। इन्स्योरेन्सले प्रतिकित्ता रु. १०० मा रु. ११२ प्रिमियम थप गरी रु. २१२ मा कम्पनीको आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ। यता, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि  कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेस गरेको हो । उक्त दुवै बिमा कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

आईपीओ निष्कासनको तयारीमा लागेको जलविद्युत उपसमूहका कम्पनीहरू मध्ये बलेफी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, मोलुङ हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल ३५ लाख ३१ हजार कित्ता, रिभर फल्स पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल ३४ लाख ३० हजार कित्ता, अपार सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल ३३ लाख ७ हजार ५ सय कित्ता, दोर्दी खोला जलविद्युतले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल २९ लाख ५१ हजार ९ सय २९ कित्ता, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल २९ लाख ४१ हजार ४ सय १० कित्ता, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल २५ लाख कित्ता, हिमालयन  हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल २२ लाख ५० हजार कित्ता, अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल २० लाख कित्ता, थ्री स्टार हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल १२ लाख ३१ हजार २ सय ५० कित्ता र सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण गरी कुल ९ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा स्वीकृतिका लागि निवेदन दिएका छन्। 

आईपीओ निष्कासनको तयारीमा लागेका लघुवित्त उपसमूहका कम्पनीहरू मध्ये सर्वाधिक आईपीओ निष्कासनको निवेदन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले  दिएको छ। उक्त कम्पनीले सर्वसाधारणका लागि कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ। त्यस्तै, नेस्डो समृद्धि लघुवित्तले कुल ८ लाख २८ हजार ७ सय ५० कित्ता, जाल्पा लघुवित्तले कुल ५ लाख २२ हजार कित्ता र उपकार लघुवित्तले कुल २ लाख ६६ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ।

यता, अन्य उपसमूहका कम्पनीहरू मध्ये सर्वाधिक आईपीओ निष्कासनको निवेदन डिस मिडिया नेटवर्क लिमिटेडले  दिएको छ। उक्त कम्पनीले सर्वसाधारणका लागि कुल २३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ। त्यसै गरी, इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि कुल ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x