नबिल चाडपर्व योजना: मुद्दती खातामा ९% ब्याजदर र ७.४९% ब्याजदरमै घर कर्जा

ज्ञानमाण्डू। कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा हुनुहुन्छ । यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्य अनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाज प्रती उत्तरदायी हुन चाहेको जनाएको छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउनेछ भन्ने बैंकले आशा गरेको जनाएको छ ।



यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९% ब्याजदर प्रदान गरिने, त्यस्तै गरी १ वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५% ब्याजदर प्रदान गर्दैछ । २ वर्ष भन्दा माथि र ५ वर्ष सम्मकँ व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५% ब्याजदर र ५ वर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०% ब्याजदर प्रदान गरिन बैंकले जनाएको छ ।

साथै, बैंकले कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ ।

  •      घर कर्जामा: ७.४९%
  •      धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा: ७.९९%
  •      साना तथा मझौला कर्जामा:

                रु एक करोड सम्मको कर्जामा: ७.४९%
                रु एक करोड भन्दा माथिको कर्जामा: ७.९९%

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने बैंकले जनाएकाे छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन् भने नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x