ग्लोबल आइएमई बैङ्कले आफ्ना ग्राहकहरुलाई आकर्षक ब्याजदर दिने, मुद्दतीमा कति ?


ज्ञानमाण्डू। असोज १ गतेबाट लागू हुने गरी ग्लोबल आइएमई बैङ्कले ब्याजदर सार्वजनिक गरेको छ। मुद्दती निक्षेपको ब्याज दर बैंकले ९ प्रतिशत अधिक पुर्याएको छ भने बचतको ब्याज दर अधिकतम ४.५ प्रतिशत रहेको देखिन्छ।

नयाँ ब्याजदर अनुसार ग्लोबल आइएमई बैङ्कले ३ महिनादेखि ६ महिने मुद्दती निक्षेपको ब्याजदर बढाएर ८.८० प्रतिशत पुर्‍याएको छ त्यस्तै ६ महिनादेखि १ वर्षे अवधिको मुद्दतीको ब्याजदर बढेर ८.९० प्रतिशत पुगेको छ भने एक वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढेर ९ प्रतिशत पुगेको छ ।

बैङ्कले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि बढाएको छ । जसअनुसार नयाँ संस्थागत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ९.५० प्रतिशत पुगेको छ ।

ग्लोबल आइएमई बैङ्कको अन्य सामान्य बचतको ब्याजदर पनि बढेको छ । बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश निक्षेपको ब्याजदर ४.५० प्रतिशत पुगेको देखिन्छ । भदौमा बैङ्कले बचतमा २.०१ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो।

बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार बैङ्कको असार मसान्तसम्मको बेस रेट ६.६० प्रतिशत कायम छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x