सिद्धार्थ बैंककाे नाफामा ५४.१२ प्रतिशतकाे वृद्धि, लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। सिद्धार्थ बैंकको नाफा ५४.१२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३३ कराेड ९९ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैंकले २ अर्ब ६ कराेड ५२ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० अर्ब ९६ कराेड २२ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैंकले १ खर्ब ७२ अर्ब ३१ करोड १८ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब ५ करोड ५३ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ४ करोड ९४ लाख ९ हजार रुपैयाँ र संचित मुनाफा ९२ कराेड ७८ लाख १३ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.०३ प्रतिशतले घटेर ३ अर्ब ९३ करोड ३१ लाख १६ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८३ कराेड १४ लाख ४९ हजार रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा सिद्धार्थ बैंकले आफ्ना शेयरधनिहरूलाई १० प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ। 

बैंककाे निष्कृय कर्जा अनुपात ०.८८ प्रतिशत र प्रतिशेयर आम्दानी २५ रुपैयाँ २८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात १७.६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x