ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल र्‍याली तथा गोष्ठी आयोजना

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्‍याली तथा गोष्ठीको आयोजना गरेको छ ।

बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसार सम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्ड सहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार मा. वि. सम्म साइकल र्‍यालीको आयोजना गरेको थियाे । र्‍यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

र्‍याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर श्री मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तब्य राखेका थिए । 

सोही अवसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । 

नागार्जुन नगरपालिकाका मेयर श्री मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक श्री रवि खनाललाई हस्तान्तरण गरेका थिए ।

यसै गरी शुक्रबार बैंकको डुम्रे शाखाले तनहूँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

भानु नगरपालिकाका मेयर श्री उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैंकिङ्ग गरी दुई वटा साक्षरता कक्षा संचालन गरिएको थियो । 

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरु संचालन गरी स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक कार्यहरुमा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x