साधना लघुवित्तको नाफामा उलेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १९६.३५ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको साधना लघुवित्तले ८३ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै साधना लघुवित्तले २ अर्ब ७५ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

साधना लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७२.९१ प्रतिशतले बढेर २४ करोड २६ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात २.०२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा छ र मूल्य आम्दानी अनुपात ३६.९१ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x