१५.८४ रुपैंया न्याभ (NAV) भएको एन आई सी एशिया ग्रोथ फण्ड (NICGF) को कहाँ कहाँ छ लगानी ?


ज्ञानमाण्डू।एन आई सी एशिया बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको तथा एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एन आई सी एशिया ग्रोथ फण्ड (NICGF) ले आर्थिक वर्ष २०७८/७९ को भाद्र मसान्तको मासिक विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ को भाद्र मसान्तसम्म आइपुग्दा एन आई सी एशिया ग्रोथ फण्डको प्रति इकाई खुद सम्पत्ति १५ रुपैंया ८४ पैसा रहेको छ। गत महिना अर्थात् आर्थिक वर्ष २०७८/७९ को श्रावण अन्तिममा प्रकाशित विवरण अनुसार कोषको प्रति इकाई खुद सम्पत्ति २० रुपैंया २२ पैसा रहेको थियो।

कोषले सार्वजनिक गरेको भाद्र मसान्तको मासिक विवरण अनुसार एन आई सी एशिया ग्रोथ फण्डले कुल १ अर्ब २१ करोड २ लाख ६३ हजार ७५९ रुपैंया लगानी गरेको छ। जस मध्य कोषले १ अर्ब ३ करोड ८४ लाख ६६ हजार ४०५ रुपैंया शेयरमा लगानी गरेको छ भने ६ करोड ३७ लाख ४० हजार रुपैंया ऋणपत्रहरुमा लगानी गरेको छ। सुचिकृत नभएका धितोपत्रहरुमा कोषको कुल ४५ लाख ५७ हजार ३५४ रुपैंया लगानी रहेको छ भने कोषको कुल लगानी मध्ये १० करोड ३५ लाख रुपैंया मुद्दती निक्षेपमा रहेको देखिन्छ । सोहि आर्थिक वर्षको गत महिना अर्थात श्रावण मसान्तसम्म कोषले विभिन्न धितोपत्रहरु र मुद्दती निक्षेपमा गरी कुल १ अर्ब ३४ करोड २९ लाख ९ हजार १८५ रुपैंया लगानी गरेको थियो।

आर्थिक वर्ष २०७८/७९ को भाद्र मसान्तसम्म आइपुग्दा एन आई सी एशिया ग्रोथ फण्डको खुद सम्पत्ति १ अर्ब ३२ करोड २६ लाख ४८ हजार ४१५ रुपैंया रहेको छ। गत महिना अर्थात् आर्थिक वर्ष २०७८/७९ को श्रावण अन्तिममा प्रकाशित विवरण अनुसार कोषको खुद सम्पत्ति १ अर्ब ६८ करोड ९० लाख ६५ हजार ९०३ रुपैंया रहेको थियो।

एन आई सी एशिया ग्रोथ फण्ड (NICGF) ले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाईधनिहरुलाई ३० प्रतिशत(कर समेत) लाभांश वितरण गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x