ग्लोबल आईएमई बैंक लि.र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि. बीच सम्झौता

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि= बीच बैंन्कासोरेन्स (Bancassurance) सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का= मु= प्रमुख कार्यकारी अधिकृत श्री महेश शर्मा ढकाल र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४० शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x