टल्किँदै जस्ता, हट्दै खरका छाना

ज्ञानमाण्डू।काठेखोला गाउँपालिका–७ ले बिहीबार रेशका २४ घरलाई जस्तापाता प्रदान गर्‍यो। गत आवमा वडाकै सहयोगमा खरले छाएका विपन्न परिवारका ३० घरमा जस्तापाता हालिएको थियो । वडामा खरको छाना भएका ७२ घरधुरी थिए ।

“यो वर्ष वडामा भएका सबै खरका छाना फेर्छौँ”, वडाध्यक्ष प्रेम लामिछानेले भने , “विपन्न, एकल महिला र दलित समुदायको खरको छानो विस्थापित गर्ने योजना छ ।” वडाध्यक्षका अनुसार १८ घरको छानो फेर्न बाँकी छ ।

खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडाले सुरक्षित छानोमुनि ल्याउन लागेको हो । ढुङ्गा या जस्तापाता हालिएको र अर्को खरले छाएको गरी दुई घर भएका परिवारलाई भने वडाको सहयोग छैन । सक्ने परिवारले आफ्नै खर्चमा जस्तापाताले घर छाउन थालेका छन् । 

गाउँलेसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको वडाध्यक्ष लामिछानेले बताए । जस्तापाता खरिद, ढुवानीमा वडा कार्यालयले लगानी गरेको छ भने जस्तापाता सम्बन्धित परिवारले आफै हाल्छन् ।

घरको छानो भएका परिवार वर्षौँदेखि विभिन्न समस्या झेल्न बाध्य थिए । आर्थिक विपन्नताका कारण छानो छाउन नसकेका परिवारलाई वडा कार्यालय सहारा बनेको छ । जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि वडावासी खुसी छन् । 

खरका छाना हटाउने योजनाका लागि हालसम्म वडाको रु १८ लाख बजेट खर्च भइसकेको छ । वडा नंं २ भीमापोखरामा पनि खरका छाना विस्थापित गर्ने कार्यले तीव्रता पाएको छ । गत आर्थिक वर्षमा २४ घरका छाना जस्तापाताले छाइएको वडा कार्यालयले जनाएको छ ।

चालू आवमा थप १७ विपन्न परिवारलाई जस्तापाता निःशुल्क प्रदान गरिएको छ । वडा कार्यालयले यो वर्ष जस्तापाता वितरण गर्नका लागि रु छ लाख बजेट छुट्ट्याएको थियो । वडाभित्र ५५ खरले छाएका घर भएकामा आगामी वर्ष सबै खरका छानामा जस्तापाता हालिने भएको छ । 

बागलुङ नगरपालिकाले हालै ‘जनता सुरक्षित आवास’ कार्यक्रमअन्तर्गत ४० विपन्न परिवारलाई घर छाउनका लागि जस्तापाता वितरण गरेको थियो । चौध वटै वडामा रहेका खरका छाना विस्थापित गर्ने नगरपालिकाको योजना छ ।

उक्त योजनाका लागि नगरले चालू आवमा रु १५ लाख बजेट छुट्ट्याएको थियो । आगामी वर्ष पनि जस्तापाता वितरण गर्ने कार्यले निरन्तरता पाउने नगरपालिकाले जनाएको छ । वर्षौँदेखि खरको छानोमुनि कष्टकर रूपमा जीवनयापन गर्दै आएका विपन्न परिवारका छाना फेर्न स्थानीय तहले लगानी गरेका हुन् । 

जिल्लाका दसैँ वटा स्थानीय तहमा खरका छाना विस्थापित गर्न अभियान थालिएको छ । रङ्गीचङ्गी जस्तापाता पाएपछि गाउँ, बस्तीमा रहेका विपन्न परिवारका घरले बिस्तारै मुहार फेर्दै छन् । गण्डकी प्रदेशमा गरिबी बढी भएको जिल्लामध्येमा बागलुङ पनि पर्छ । जिल्लाभर रहेका खरका छाना फेर्न भने आउँदा केही वर्ष कुर्नुपर्ने देखिन्छ । गाउँघरमा अहिले पनि खरले छाएका घर गोठ धेरै छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x