फ्रेन्डशिप फाउन्डेसन नेपाललाई नेपाल बङ्गलादेश बैंककाे आर्थिक सहयोग

ज्ञानमाण्डू। नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३ पानीपोखरी स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । 

 

उक्त रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्ने जनाएको छ ।

 

nepal bangladesh bank

 

गोरखा केराबारी १ मा निर्माण हुन गइरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने बताइएको छ ।

बैंकको प्रमुख कार्यालय कमलादी काठमाडौंमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x