माछापुच्छ्रे बैंक र M.A.W Earthmovers बिच सम्झौता

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक र M.A.W Earthmovers Pvt. Ltd का ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट (JCB Heavy Equipment) खरिदमा माछापुच्छ्रेक बे.क लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा M.A.W Earthmovers Pvt. Ltd को तर्फबाट अध्यक्ष श्री बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र M.A.W Earthmovers Pvt. Ltd का देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट (JCB Heavy Equipment) खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

Machhapuchchhre Bank

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस (POS Machine) मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x