विदेश भ्रमणमा जाने नेपालीले वर्षमा २ पटक मात्र डलर सटही सुविधा पाउने राष्ट्र बैङ्कको व्यवस्था


ज्ञानमाण्डू।भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापत प्रति पटक अमेरिकी डलर १,५००।- वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिने राष्ट्र बैङ्कले जनाएको छ । तर, यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी प्रदान गर्ने बैङ्कले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र-२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था लागु गरेको हो । केन्द्रीय बैङ्कले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी एकीकृत परिपत्र-२०७६ संशोधन गरेको उल्लेख गरेको छ। साथै राष्ट्र बैङ्कद्वारा प्रकाशित उक्त संशोधित विदेशी विनिमय कारोबार परिपत्र बमोजिम गर्न संलग्न संस्थाहरूलाई निर्देशन समेत दिएको छ।

राहदानी बापतको सटही सुविधा प्रदान गर्दा विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरूले सटही सुविधा उपलब्ध गराउँदा श्रोतको स्वघोषणा लिनु पर्ने व्यवस्था राष्ट्र बैङ्कले लागु गरेको छ । यसैसाथ संलग्न अनुसूची ७१ अनुसारको निवेदन फाराम पनि भराई लिनु पर्ने व्यवस्था रहेको छ । 

राहदानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बाहक स्वयम् उपस्थित हुनु पर्ने राष्ट्र बैङ्कले संशोधित परिपत्रमा उल्लेख गरेको छ । अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीले राहदानी बापत सटही लिएको एक महिनाभित्र उद्देश्य बमोजिम विदेश यात्रा नगरेमा सो विदेशी मुद्रा बैङ्कमा दाखिला गर्नु पर्ने व्यवस्था रहेको छ । 

राष्ट्र बैङ्कद्वारा विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरेको संशोधित एकीकृत परिपत्र-२०७६:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x