उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

ज्ञानमाण्डू।नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि सुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । 

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दै छन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसै गरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ । 

त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरूले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारेको छ । त्यस्तै स्कटल्यान्डले नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ । 

समान आठ अङ्क नै जोडेको ओमन अङ्क तालिकाको चौथो स्थानमा छ भने सात अङ्क रहेको युएई पाँचै र अङ्कविहीन रहेको पपुवा न्युगिनी छैटौँ स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x