मानुषी लघुवित्तकाे नाफा १ करोड ८६ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले १ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मानुषी लघुवित्तले १ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मानुषी लघुवित्तले ६० करोड ६१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ५ करोड २६ लाख रुपैयाँ रहेको छ।

मानुषी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.९८ प्रतिशतले बढेर ७ करोड ०६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.१७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x