कर प्रशासन र वित्तीय संस्थामा पेश गरेको वित्तीय विवरणको सूचना आदान प्रदान गर्नु पर्ने

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले मिति २०७६ साल भाद्र २० गते सो बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई एक सूचना जारी गर्दै कर प्रशासनमा पेश  गरेको र  वित्तीय संस्थामा पेश गरेको वित्तीय विवरणको सूचना आदान प्रदान गर्नु पर्ने व्यवस्थाका सम्बन्धमा सूचित गरेको छ।

सूचनामा नेपाल सरकार अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन माहा साखाको पत्रबाट अनुरोध भई आएअनुसार वित्तीय पारदर्शिताका लागि व्यवसायीहरूले कर प्रसासनमा पेश  गरेको र  वित्तीय संस्थामा पेश गरेको वित्तीय विवरणको सूचना आदान प्रदान गर्ने स्वचालित प्रणालीको विकास गरिएको सन्दर्भमा उक्त्त प्रणालीको कार्यन्वयन गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजस्व विभागको एकिकृत कर प्रणाली (Integrated Tax System) मा समावेस गरिएको ऋण लिन चाहने व्यक्तिले भर्नु पर्ने वित्तीय विवरण संग सम्बन्धित सूचना र उक्त विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्ने व्यवस्था गर्न सूचित गरिएको छ। सो प्रयोजनका लागि आन्तरिक राजस्व बिभागबाट प्राप्त फारम तथा युजर म्यानुवल संलग्न गरिएको व्यहोरा उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले उक्त प्रणालीमा पहुचका लागि आवश्यक युजर नेम र पासवर्ड तथा अन्य थप सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्था दर्ता रहेको कर कार्यालयबाट प्राप्त गर्न सक्ने कुरा समेत उल्लेख गरिएको छ।

पुरा सूचना र युजर म्यानुवल हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x