कामदार तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवं वित्तिय सुविधा बैंक खाता मार्फत अनिवार्य भुक्तानीको व्यवस्था मिलाउनु पर्ने


ज्ञानमाण्डू। नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल राजपत्र भाग ५ मिति २०७५/३/३२ मा सूचना प्रकाशित गरी विभिन्न सरकारी, गैरसरकारी र निजी क्षेत्रका विभिन्न निकायमा कार्यरत कामदार तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवं वित्तिय सुविधा बैंक खाता मार्फत अनिवार्य भुक्तानीको व्यवस्था मिलाउनु पर्ने कुरा जनाएको छ ।

प्रकाशित सूचना अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा वि.सं. २०७५ साउन १ गते देखि प्रक्रिया प्रारम्भ गरी वि.सं. २०७५ असोज मसान्तभित्र र आम सञ्चार प्रतिष्ठान, बैंक, वित्तिय संस्था, बीमा कम्पनी, होटल, एयरलाईन्स, ट्राभल एजेन्सी लगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपूर्तिकर्ता, सामुदायिक एवम् संस्थागत शिक्षण संस्था तथा कानून बमोजिम दर्ता भएका गैरसरकारी संघसंस्था, ट्रष्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेश लगायत कानून बमोजिम गठित सबै संघसंस्थाहरुले आफू मातहत काम गर्ने श्रमिक तथा कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा वि.सं. २०७५ पौष मसान्तभित्र कामदार तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवं वित्तिय सुविधा बैंक खाता मार्फत अनिवार्य भुक्तानीको व्यवस्था मिलाउनु पर्ने छ ।

माथि उल्लेख गरिएका बाहेक अन्य सबै प्रतिष्ठान मातहत काम गर्ने श्रमिक तथा कर्मचारी र घरेलु श्रमिकको पारिश्रमिक एवं वित्तिय सुविधा वि.सं. २०७६ पौष मसान्तभित्र र कुनै स्थानीय तहमा बैकं तथा वित्तीय संस्था स्थापना र सञ्चालन भएको रहनेछ भने माथि उल्लिखित निकायमा कार्यरत श्रमिक तथा कर्मचारीहरुका पारिश्रमिक एवं वित्तीय सुविधा त्यस्तो स्थानमा बैंक तथा वित्तीय संस्था स्थापना भएको मितिले ३ महिनाभित्र कामदार तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवं वित्तिय सुविधा बैंक खाता मार्फत अनिवार्य भुक्तानीको व्यवस्था मिलाउनु पर्ने कुरा जनाइएको छ भने आकस्मिक वा आंशिक रोजगारी वापतको भुक्तानी नगदै वा चेक मार्फत गर्न सकिने कुरा पनि सूचनामा उल्लेख गरिएको छ ।

Click here to see the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x