नेपाल एसबिआई बैङ्ककाे नाफामा ३९ प्रतिशतको गिरावट, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा


ज्ञानमाण्डू। नेपाल एसबिआई बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैङ्कको खुद नाफा घटेको छ भने यस बैङ्कका अन्य समग्र वित्तीय विवरणका परिसूचकहरूमा सामान्य सुधार देखिएको छ।

नेपाल एसबिआई बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ८७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैङ्कले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैङ्कको नाफामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतको गिरावट आएको देखिन्छ।

समीक्षा अवधि(चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्त)सम्ममा बैङ्कको वितरणयोग्य मुनाफा ४४ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ । गत चालू आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ३ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको नेपाल एसबिआई बैङ्क लिमिटेडको खुद ब्याज आम्दानी घटेर चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आई पुग्दा १ अर्ब ९५ करोड रुपैयाँमा सिमित भएको छ ।

चालू आ.व. को तेस्रो त्रैमाससम्म ९ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल एसबिआई बैङ्कको जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ सञ्चित छ भने चालू आ.व. को तेस्रो त्रैमाससम्म बैङ्कको सञ्चित मुनाफा १ अर्ब १ करोड रहेको देखिन्छ।

बैङ्कले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा १ खर्ब १ अर्ब निक्षेप सङ्कलन गरि ९५ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ।

गत आर्थिक वर्षको अन्त्यमा ०.१९ प्रतिशत रहेको नेपाल एसबिआई बैङ्क लिमिटेडको निष्क्रिय कर्जा यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ० दशमलव २३ प्रतिशतमा कायम भएको बैङ्कले जनाएको छ ।

यस अवधिसम्ममा बैङ्कको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा पुगेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैङ्कको मूल्य आम्दानी अनुपात ३४ दशमलव १२ गुणा रहेको छ ।

नेपाल एसबिआई बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा वितरणयोग्य मुनाफा ४४ करोड ४६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। उक्त वितरणयोग्य मुनाफालाई वार्षिक करण गर्दा वितरणयोग्य मुनाफा ५९ करोड २८ लाख हुन आउँछ। उक्त वार्षिकरण गरिएको वितरणयोग्य मुनाफालाई हाल कायम शेयर सङ्ख्या ९ करोड ४९ लाख ३५ हजार ७७९ कित्ता शेयरले भाग गर्दा ६ दशमलव २ प्रतिशत हुन आउँछ। यस अर्थ, नेपाल एसबिआई बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ मा ६ प्रतिशत लाभांश आफ्ना लगानीकर्ताहरू माझ वितरण गर्ने क्षमता बनाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x