सत्यदीप ग्रुपले लन्च गर्‍याे विभिन्न उत्पादनको क्याटलग



ज्ञानमाण्डू। नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लन्च गरेको छ ।

 
भारतको प्रसिद्ध कम्पनी बोसको सहयोग र समर्थनमा गत शुक्रबार एक कार्यक्रमका बीच सो लन्चिङ कार्यक्रम सम्पन्न भएको थियाे । सो अवसरमा बोसका कन्ट्री हेड रितुन्च गुप्ताले सो क्याटलगबाट नेपाली ग्राहकलाई आफ्नो सवारी साधनमा प्रयोग हुने उपयुक्त जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने बताउनुभयाे । 


गुप्ताले आगामी दिनमा सबै प्रदेश स्तरमा समेत यस प्रकारको कार्यक्रम आयोजना गर्ने बताउनुभयाे । यसबाट सबै रिटेलर तथा वर्कशप र फ्लिट अपरेटरहरुको कार्यमा सहयोग पुग्ने अपेक्षा उहाँले गर्नुभयाे । सो कार्यक्रममा केही दुई पांग्रे सवारी साधनका ग्राहकको समेत उपस्थिति थियो । उक्त अवसरमा बोसका उत्पादनका साथै सत्यदीप ग्रुपको वारेमा समेत जानकारी आदानप्रदान गरिएको कम्पनीले जनाएकाे छ ।

 
क्याटलगमा बोस, हेला, टेनेको, भ्यालिओ, कम्पो, जेडएफ, टाल्ब्रोस (Bosch, Hella, Tenneco, Valeo, Compo, ZF, TALBROS) जस्ता लिडिङ ओरिजिनल इक्विपमेन्ट (ओई) निर्माता कम्पनी र अन्य विभिन्न एसेसरिज कम्पनीहरुका जेन्युइन पार्ट्स नम्बर उपलब्ध रहेकाे
कम्पनीले बताएकाे छ
नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक जेन्युइन पार्ट्स उपलब्ध गराउदै आइरहेको सत्यदीप ग्रुपले नयाँ क्याटलगको माध्यमबाट नेपाली ग्राहकलाई भेइकल सर्भिसिङको क्षेत्रमा अझै बढी सहयोग गर्ने लक्ष्य लिएको
कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x