ग्लोबल आइएमई बैंकको जाडोमा न्यानो वितरण

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिव रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिव टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती सङ्घका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैङ्कका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिवार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका २०० परिवारलाई संयुक्तरुपमा ब्लाङ्केट हस्तान्तरण गरेका हुन् ।
बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजामती कर्मचारी श्रीमती सङ्घसँगको सहकार्यमा नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लाङ्केट वितरण गरेको हो ।

ग्लोबल आइएमई बैङ्कले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x